×

Month: September 2022

रन्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित छ

रन्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित छ
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रन्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् ।आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा आज तेस्रो दिनको बयानमा जबराले भने । श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराल...

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा-प्रचण्ड छलफल

सिट बाँडफाँटबारे प्रधानमन्त्री देउवा-प्रचण्ड छलफल
काठमाडौं ।  बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। आज बिहान ९ बजेदेखि उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी छ। आजै बेलुकीसम्म गठबन्धन बैठक पनि बस्छ,’ स्रोतले भन्यो।आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ। उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो। गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ। सत्ता गठबन...

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई मातृशोक
चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामवहादुर थापा (बादल) लाई मातृशोक परेको छ । बादलकी आमा नन्दकुमारी थापाको आइतबार विहान ७ बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको एमाले चितवन जिल्ला सदस्य सुरज थपलियाले जानकारी दिए ।

बालेन्द्रको प्रतिबद्धता : अनधिकृत संरचना हटाउने अभियानबाट पछि हट्दैनौँ

बालेन्द्रको प्रतिबद्धता : अनधिकृत संरचना हटाउने अभियानबाट पछि हट्दैनौँ
काठमाण्डौ ।  काठमाण्डौ महानगरपालिका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनको कार्यकालको समीक्षा गर्दै अनधिकृत संरचना हटाउने अभियानबाट पछि नहट्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले आफूहरु सय दिनको दौडमा नभइ पाँच वर्षका लागि तय गरिएका योजनामा केन्द्रित रहेर काम गरिरहेको पनि बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचना सहन तयार रहेको उल्लेख गर्नुभएको छ । आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई निराश नबनाउने पनि ...

नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी

नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी
काठमाण्डौ – राष्ट्रियसभाबाट पनि हुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक हिजो राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो । यसअघि साउन २९ गते...

देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

देउवाकै गृह जिल्लामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय
धनगढी । नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ ।शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा समेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि...

एमाले नवलपुरले भाेलि उम्मेद्वार बन्न इच्छुककाे नामावली संकलन गर्ने

एमाले नवलपुरले भाेलि उम्मेद्वार बन्न इच्छुककाे नामावली संकलन गर्ने
नवलपुर ।  नेकपा (एमाले) नवलपुरले आगामी मंसिर ४ गते सम्पन्न हुने संघ र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबै तर्फको इच्छुक उम्मेद्वारको नामावली आगामी भाद्र १९ गते संकलन गर्ने भएको छ । एमाले जिल्ला उप सचिब भीमलाल कण्डेलका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ र प्रदेश सभा १ को क र ख को देवचुली नगरपालिकाको देवचुली पाटी प्यालेसमा र प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रदेश सभा १ को क र ख को कावासोती –१६ डण्डामा रहेको अग्यौली पुस्तकालयमा दिउसो १ बजे उम्मेद्वार छनौट गर्...

आज गौरा  पर्व : धुमधामका साथ मनाइँदै

आज गौरा  पर्व : धुमधामका साथ मनाइँदै
काठमाण्डौ – सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदैछ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने पर्वमा उमा महेश्वरसहित दुबोको पूजा गरिन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । पहिलो पटक व्रत बस्नेले भाद्र शुक्ल अष्टमी अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधानमा उल्लेख छ । गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रमा ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरिन्छ । काठमाण्डौसहित मुख्य शह...

प्रचण्डले चितवनमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्दै

प्रचण्डले चितवनमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्दै
चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्ने भएका छन् । प्रतिनिधि सभाको निर्वाचन फेरि पनि चितवन ३ बाटै लड्ने घोषणा गरेपछि दोस्रो पटक चितवन आएका प्रचण्डले विद्युत प्राधिकरणको महत्वपूर्ण परियोजनाको शिलान्यास गर्न लागेका हुन् । भरतपुर ओरालोस्थित होटल रोयल सेन्चुरी अगाडि बिजुलीका तारहरू भूमिगत प्रणालीमा विस्तार गर्ने परियोजनाको प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम छ । नेपाल व...