चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा विजुलीका तार भूमिगत गर्ने परियोजनाको आज शिलान्यास गर्ने भएका छन् । प्रतिनिधि सभाको निर्वाचन फेरि पनि चितवन ३ बाटै लड्ने घोषणा गरेपछि दोस्रो पटक चितवन आएका प्रचण्डले विद्युत प्राधिकरणको महत्वपूर्ण परियोजनाको शिलान्यास गर्न लागेका हुन् ।

भरतपुर ओरालोस्थित होटल रोयल सेन्चुरी अगाडि बिजुलीका तारहरू भूमिगत प्रणालीमा विस्तार गर्ने परियोजनाको प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम छ । नेपाल विद्युत प्राधिकरणको लगानीमा भरतपुरका मुख्य बजार क्षेत्रका सडकहरूमा हाल विजुलीका तार भूमिगत गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया