गैंडाकोट भदौ १७ । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आर नेपाल अन्तर्गत का ९ क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम शुक्रवार गैंडाकोटमा सप्पन्न भएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिका लोटस , लायन्स क्लब अफ गैंडाकोट , वागेश्वरी गैंडाकोट सिटि , गैंडाकोट मौलाकालीका लिलि , गैंडाकोट सिटि , गैंडाकोट मौलाकालिका ग्रिन , गैंडाकोट कालीगण्डकी , वागेश्वरि डाइनामिक , र कालीगण्डकी पिसका वर्ष २०२२/२३ का लागि नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं डिस्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर सिद्धार्थ लाल चुकेले ९ वटै क्लबका वर्ष २०२२/२३ का अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराउनु भएको थियो । द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर आरएस महत्तोले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायनवादको परिचयसहित पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

लायन वर्ष २०२१/२२ का ९ वटै क्लबका अध्यक्षहरुले आफ्नो कार्यकालमा भए गरेका कार्यक्रमको विषयमा जानकारी दिनुभएको कार्यक्रममा लायन वर्ष २०२२/२३ का नयाँ अध्यक्षहरुले आफ्नो वर्षमा गरिने कामका बिषयमा कार्ययोजना समेत प्रस्तुत गर्दै लायन्सबादमा सक्रिय रहने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

कार्यक्रममा लायन्स क्लबका पुर्व गभर्नर रामप्रसाद भट्ट , प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर आरएस महत्तो, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राजेन्द्र गौतम, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर सुरेशकुमार श्रेष्ठ, प्रभातकुमार जोशी र राजकुमार श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो । साथै कार्यक्रममा लायन्स लिडर हरु सुरेशकुमार श्रेष्ठ , दुर्गालक्ष्मी श्रेष्ठ , सुधा जोशी , प्रभाखर पण्डित , नारायण प्रसाद शर्मा , गणेश ढकाल , डा सारदा कुवर , कृष्ण पाण्डे लगाएत अतिथी रहनु भएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ मौलाकालिका लोटसकी पुर्व अध्यक्ष लक्ष्मी भट्टराईलाई नेपाल सरकारले हरेक वर्ष प्रदान गर्ने “जनसेवाश्री बिभूषण” बाट सम्मान गरेकोमा पुनः लायन्स क्लब मौलाकालिका लोटस लगाएत का लायन्स क्लबले सोही कार्यक्रममा सम्मान समेत गरेका थिए । पद स्थापना कार्यक्रममा विविध सास्कृतिक प्रहसन समेत प्रस्तुत गरिएको थियो । सोही अवसरमा लायन्स क्लब अफ गैंडाकोट मौलाकालिका लिलिले प्रकाशन गरेको क्लब डाइरेक्टरि समेत को बिमोचन गरिएको थियो । नौ क्लबले आयोजना गरेको संयुक्त कार्यक्रमको सम्योजन लायन्स क्लब अफ गैंडाकोटका पुर्व अध्यक्ष देशबन्धु सिक्देलले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया