×

देवचुली । देवचुली नगरपालिकामा व्यवसाय दर्ता तथा नवीकरणका  लागि घुम्ती  शिविर सुरु भएको छ । देवचुली उद्योग वाणिज्य संघ तथा बजार व्यवस्थापन समितिको सहकार्यमा देवचुली नगरपालिकाले बिहिबार देवचुली वडा नं १७ फारम बजारबाट शिविर सुरु गरेको हो ।

पहिलो दिनको शिविरमा २१ वटा नयाँ दर्ता तथा ३२ वटा नवीकरण गरिएको छ । सो शिविरबाट करिब दुई लाख चालीस हजार राजश्व संकलन भएको देवचुली नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख शिव सापकोटाले बताउनुभयो। सापकोटाका अनुसार बिहिबार सुरु गरिएको शिविर नगरका विभिन्न स्थानमा संचालन गरिनेछ ।

देवचुली नगरपालिकाले १७ गते शुक्रबार रजहर बजार, १८ गते शनिबार सिजी गेट ,१९ गते आइतबार मुण्डे र कुमसोत,२० गते सोमबार धारापानीचोक र गैंडीचोक, २१ गते मंगलबार प्रगतिनगरबजार र पृथ्वीनगरचोक , २२ र २३ गते  बुधबार र बिहीबार दलदले बजारमा व्यवसाय दर्ता तथा नवीकरण शिविर गर्ने सापकोटाले बताउनुभयो ।

बिहिबार सुरु गरिएको शिविरको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले अनुगमन गर्नुभएको थियो ।शिविरमा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्य दवाडी , निवर्तमान अध्यक्ष रेशम सापकोटा लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया