×

तनहुँ । कोरोनाको कारण मारमा परेको तनहुँको पर्यटकीयस्थल बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि व्यवसायीहरु उत्साहित भएका छन् ।समूह९समूह बनाएर आन्तरिक पर्यटकहरु बन्दीपुर घुम्न आएका छन् । यहाँका होटल, होमस्टे तथा विभिन्न गेष्ट हाउसमा पर्यटकहरु बिस्तारै भरिन थालेका छन् ।

बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले दुई लहरको कोभिडपछि सबैभन्दा बढि पर्यटक यसअघि गएको दशैंको बेलामा आएको बताए । उनका अनुसार त्यतिबेला बन्दीपुरमा आन्तरिक पर्यटकलाई होटल पाउनसमेत मुस्किल परेको थियो ।‘अब फेरि सिजन शुरु भएको छ । बन्दीपुरको पर्यटनले थप गति लिने अपेक्षा गरेका छौँ ।’-उनले भने ।

उनले कम्तीमा पनि एक रात विताउने गरी पर्यटक बन्दीपुर आउने गरेको बताए । बन्दीपुरमा होटल तथा रेष्टुरेष्ट ७७ वटा छन् ।बन्दीपुरमा एक दिनमा १७ सयदेखि २ हजारसम्म पर्यटक बास बस्न सक्छन् । पर्यटकहरूको भिडभाड बढ्न थालेपछि विदामा गएका कामदार तथा कर्मचारीहरु पनि काममा फर्किएका छन् ।

अब बन्दीपुरको पर्यटन व्यवसायमा आशाको संकेत देखिएको समेत उनको भनाई छ । उनले यतिबेला बढेका पर्यटकहरुका कारण आफूहरु उत्साहित भएको बताए ।बन्दिपुरमा आन्तरिक पर्यटकलाई आर्कषित गर्न विभिन्न छुट कार्यक्रम, मौलिक संस्कृतिको प्रर्दशनी, विभिन्न साताव्यापी कार्यक्रमहरु गर्ने तयारीमा रहेको रहेको जानकारी गराए ।नेवारी मौलिक संस्कृतिसहितको प्राचिन सहर, टुडिखेलबाट हिमाल तथा पहाड हेर्न पर्यटकहरू बन्दीपुर आउने गर्छन् ।

तपाईको प्रतिक्रिया