डा. अच्युतशाली घिमिरे

म कार्यरत बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्ष फागुन ७ गते पहिलोपटक शल्यक्रिया गरी आकस्मिक प्रसूति गराइयो । तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगु, खत्याड गाउँपालिका-१० की सरिता कार्की ९परिवर्तित नाम०को बाजुराको कोल्टीमै शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

कार्कीले चौथो सन्तानको जन्म दिंदै थिइन् । तर जब चौथो सन्तानका रुपमा समेत छोरीको जन्म भयो । सरिता न खुसी हुन सकिन् न दुःखी नै । छोराको रहरमा पटकपटक छोरी जन्माइरहँदा उनी आफैंसँग हारेको जस्तै महसुस गरिरहेकी थिइन् । एक त परिवारको अपेक्षा विपरीत छोरी जन्मिनु, अर्को चाहिं लालनपालन गर्नैै गाह्रो हुनु ।

त्यसअघि जन्मेका सन्तानको पनि राम्ररी पालनपोषण हुन सकिरहेको थिएन । अब पनि छोरी जन्मिएकी छे । उनलाई कसरी पाल्छन् होला रु ती विवश आमा, जो परिवारको रहर पूरा गर्न आफैंलाई पीडा दिंदैछिन् । नौ महिना गर्भमा शिशु हुर्काउनु र त्यसलाई जन्म दिनु कति कष्टकर हुँदो हो ?


डा। अच्युतशाली घिमिरे
छोराको लोभमा आफ्नी श्रीमतीलाई कुनै सन्तान उत्पादन गर्ने कारखाना जस्तै बनाउने श्रीमानले उनको पीडा बुझेका छैनन् । प्रसूति पीडा खेप्न कति गाह्रो हुन्छ भन्ने अनुभूत गरेका छैनन् । त्यसैले उनीहरु पटकपटक यौन सम्पर्क गरिरहन्छन्, ताकि छोरा जन्मियोस् ।

छोराको रहरमा बच्चा जन्माइरहँदा आमाको स्वास्थ्य त कमजोर हुने नै भयो, जन्मिएका बालबच्चालाई पालनपोषण गर्न पनि कठिन हुन्छ । उचित खानपानको अभावमा बच्चाहरु कुपोषित हुन्छन् । अर्कोतिर अभाव र भोकमरीको डरलाग्दो शृंखलाले सामूहिक आत्महत्या गर्न समेत उकास्ने गरेको पाइन्छ ।

किशोरीहरु पनि गराउँछन् गर्भपतन

बाजुरा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आउने अरु घटना भनेको अविवाहितहरुको पनि छ । लहडमा असुरक्षित यौन सम्बन्ध राख्ने र अनिच्छित गर्भ रहने क्रम देखिन्छ । गर्भ रहेपछि चिकित्सकको परामर्शबिना नै गर्भपतन गराउन हतारिन्छन् । गर्भपतनका लागि खासगरी उच्च डोजको औषधि खाने गरेको पाइएको छ । जब उनीहरुमा कुनै स्वास्थ्य जटिलता देखापर्छ, तब अस्पताल आउनैपर्ने हुन्छ ।

मैले यहाँ के पनि पाएँ भने यौन सम्बन्धलाई हलुका रुपमा लिने । किशोर पुस्ता प्रेमलाई यौनसँग जोडेर बुझ्ने रहेछन् । त्यसैले प्रेम गर्नासाथ यौन सम्बन्ध राख्न हतारिन्छन् । प्रेम गर्नु भनेकै वा मनोरञ्जन गर्नु भनेकै यौन हो भन्ने बुझाइ रहेछ । तर अपरिपक्क उमेरमा र खासगरी लहडमा गरिने असुरक्षित यौन सम्बन्ध राख्न पुग्छन् । यसले यौनजन्य रोग निम्याउने त छँदैछ गर्भ रहने जोखिम पनि हुन्छ ।

किशोरवयमा अझ भनौं विवाहअघि यौन सम्बन्ध राख्नु उचित कि अनुचित रु यो बेग्लै बहसको विषय हो । तर विवाहअघि असावधानीपूर्ण गरिने यौन सम्बन्धले दुर्घटना निम्त्याउने गरेको पाइन्छ । जोसमा होस गुमाउँदा त्यसको नतिजा भयानक हुने नै भयो ।

सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्छ भन्ने कुरा सायद सबैलाई थाहा छ । यद्यपि यौन सम्पर्कका क्रममा कण्डम जस्ता सुरक्षित विधि अपनाउन झन्झट मान्छन् । कण्डम हाम्रै स्वास्थ्य केन्द्रमा पाइन्छ, त्यो पनि निःशुल्क । आफूलाई चाहेअनुरुप यहाँबाट लैजान सकिन्छ । यद्यपि उनीहरु स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने कण्डम पनि बोक्दैनन् ।

औषधि पसलमा गएर कण्डम खरिद गर्दा हामीलाई लाज लाग्छ । चिनेजानेका वा साथीभाइले केही भन्छन् कि भनेर डर लाग्छ । स्वास्थ्य केन्द्रमा गएर कण्डम लैजान पनि असहज मान्छन् । यस किसिमको मनोवृत्तिले गर्दा असुरक्षित यौन सम्बन्धको शृंखला बढ्दो छ ।

सुरक्षित यौन सम्बन्धका लागि कण्डम निकै उपयोगी विधि हो । यसले अनिच्छित गर्भ रहने भय मात्र कम गर्दैन, यौनजन्य संक्रमण वा रोग सर्ने जोखिम पनि हुँदैन । कण्डमको उपयोगिता र महत्वबारे अधिकांशलाई ज्ञान पनि छ । कण्डम किन, कसरी र केका लागि प्रयोग गर्ने भन्ने कुराबाट सायदै बेखबर होलान् । तैपनि कण्डम खरिद गर्न मान्छेहरु लजाउँछन् । कण्डम प्रयोग गर्न झन्झट मान्छन् ।

किन लाज ?

अविवाहित होस् वा विवाहित, सन्तानको रहर नहुँदा सुरक्षित विधिहरु अपनाएर यौन सम्बन्ध राख्न उचित हुन्छ । असुरक्षित यौनपछि आपतकालीन पिल्स खानु, गर्भपतन गर्नुभन्दा उत्तम हो, कण्डमको प्रयोग गर्नु ।

त्यसैगरी सन्तानको रहर पुगेका महिला तथा पुरूष दुवैले स्थायी बन्ध्याकरण गर्न सक्छन् । हाम्रै स्वास्थ्य केन्द्रमा समेत पुरुषहरुले कण्डमप्रति अनिच्छा देखाएर हो कि किन हो महिलाहरुले धेरैले डिपोप्रोभेरा लगाउन आउने गर्छन् । डिपोप्रोभेरा तीन(तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुनसुकै उमेरमा पनि लगाउन सक्छन् ।

धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउँदैन । महिलाले इन्जेक्सन लगाउँदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६ देखि ९ महिनापछि मात्र गर्भाधारण गर्न सक्छन् ।

‘पाप लाग्दैन‘

कर्णाली र सुदुरपश्चिमका पहाडी भेगमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्दा श्राप लाग्ने कथन र छोराको व्यापक चाहना हुनाले समेत बच्चा निरन्तर जन्माएर आफ्नो स्वास्थ्य नै प्रतिकूल बनाएका आमाहरु धेरै छन् । लगातार सातदेखि ११ जनासम्म छोरी(छोरी पाउँदा समेत छोरा पाउने धित मरेको हुँदैन । छोरा पाएपछि स्वर्ग जाने बाटो खुल्ने र बुढेसकालमा आराम मिल्ने नाटीकुटी र अन्धविश्वासमा महिलाहरु लगातार सानै उमेरमा बच्चा जन्माइरहन्छन् । यसकै कारण पाठेघर खस्ने, ढाड दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर स्वास्थ्य केन्द्र आइपुगेका हुन्छन् ।

त्यसैले अविवाहित र विवाहित दुवै उमेर समूहले यौन सम्पर्कमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्दा आफ्नै स्वास्थ्य र शरीरप्रति जिÞम्मेवार हुन सिकाउँछ । अनेक भ्रममा परी क्षणिक मज्जाका लागि दुर्घटनाको बाटो नरोजौं । अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया