×

चितवन । चितवनका ब्युटिसियनहरुको ब्यक्तित्व बिकाश ,प्रतिभा प्रस्तुति र कला प्रदशनको लागि बिगत लामो समयदेखि हुँदै आएको ब्युटिसियन ट्यालेन्ट चितवनको लागि प्रतियोगिको खोजी सुरु भएको छ।

कृयटिभ इन्साइड मिडिया प्रा ।लि ।ले आयोजना गर्दै आएको यो प्रतियोगिताको दोस्रो सस्करण ब्युटिसियन ट्यालेन्ट चितवन –२०२२ को लागि प्रतियोगि चयन गर्न फारम खुल्ला गरिएको आयोजक सस्था क्रियटिभ इन्साइड मिडिया प्रा ।लि कि अध्यक्ष सरिता आचार्यले बताएकी छिन । दोस्रो ब्युटिसियन ट्यालेन्ट चितवन २०२२ को चयन आगामी बैशाख २४ गते शनिवार चितवन भरतपुरमा गरिने भएको छ। जसका लागि चैतको दोस्रो साता नयाँ प्रतियोगीहरुको अडिसन लिएर १५ चैतबाट प्रशिक्षण सुरु गरिने पनि आचार्यले बताएकी छिन ।

बिगत झै यसपटक पनि प्रतियोगीहरुलाई चार साता लामो प्रशिक्षण दिइने भएको छ । प्रशिक्षणको क्रममा उनीहरुलाई बक्तृत्वकला , ब्यक्तित्व बिकाश , क्याट्वाक , गुरमिङ, मिडिया क्लास केराटिन ट्रिटमेन्ट क्लास , नेल आर्ट , जुरो , मोडर्न हेयर स्टाइल , सेल्फ मेकअप, रशियन हेयर ,फिल्म क्यारेक्टर मेकअप क्लास , डान्स क्लास ,अभिनय क्लास जस्ता विभिन्न प्रशिक्षण दिइने भएको छ । प्रशिक्षार्थिलाई प्रशिक्षणको क्रममा टि सर्ट , फाइनल शोको लागि गाउन आयोजक पक्षले उपलब्ध गराउने छ । बिजेता लाई नगद र बिजेता सहित फस्ट ,सेकेन्ड रनर अप र पपुलर उपाधी बिजेतालाई क्राउन , ट्रफी सहित विभिन्न पुरस्कार ,आकर्षक टुर , निशुल्क फोटो शेसन, बिजेताहरुलाई म्युजिक भिडियो तथा विभिन्न फेसन शो हरुमा मेकअप तथा अन्य कामको अबसर प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुन चाहने ब्युटिसियनहरुले डान्स प्लानेट पुल्चोक नारायणी जाने बाटो युथ क्लबको भबनमा रहेको हेड अफिस डान्स प्लानेट , साखा अफिस डान्स प्लानेट भरतपुर –४ बैकुण्ठ चोक , पेरुज ब्युटीपार्लर कोमल प्लजा , रोज ब्युटि पार्लर हङकङ बजार , हाम्रो दुध डेरि स्याउली बजार लेडि एन्ड बेबि सुज सिनर्जी चोक , ट्रु गुलोरी ब्युटीपार्लर एन्ड ट्रेनिङ सेन्टर खैरहनी बजारबाट लिन सक्ने छन् ।

तपाईको प्रतिक्रिया