काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार वक्तव्य जारी गरी १४औं महाधिवेशनको प्रतिस्पर्धाबाट अलग भएको जानकारी दिएका छन् । भृकुटीमण्डपमा जारी महाधिवेशनमा कुनै पदको उम्मेद्वारी नदिएका पौडेल शुक्रबार साँझसम्म भने संस्थापन इतर समूहबाट साझा उम्मेद्वार तय गर्न भएको छलफलमा सामेल थिए ।

तर लगातार पाँच दिन भएको छलफलले साझा उम्मेद्वार तयार पार्न नसकेपछि शनिबार यो समूहका नेताहरू डा।शेखर कोइराला र प्रकाशमान सिंहले सभापति पदमा अलग–अलग उम्मेद्वारी दिए । ‘प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक् प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा पुगें’ पौडेलले लेखेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्ति विरुद्ध भने लडि नै रहनेछु ।’

पौडेलको वक्तव्य निकै पीडादायी र निराशाजनक छ, ‘मैले कांग्रेसलाई जुन रुपमा बुझ्दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।’ पौडेलको निराशा, गएको २१ मंसिर साँझ आफू निकट नेताहरुको छलफलमा पनि प्रकट भएको थियो । त्यो छलफलमा पौडेलले सक्रिय राजनीति र पार्टीबाट विश्राम लिनेसम्म बताएका थिए ।

त्यो साँझको अभिव्यक्ति र शनिबारको वक्तव्यको कारण हो– आफू आवद्ध समूहबाट सभापतिको साझा उम्मेद्वार बन्न नपाउनू । पौडेललाई साझा उम्मेद्वार मान्न पूर्वमहामन्त्री सिंह, निवर्तमान महामन्त्री डा।शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइराला तयार भएनन् । शेखरका लागि शशांकले मैदान छोडे । तर शेखर र प्रकाशमानले अडान छोडेनन् ।

शेरबहादुर देउवालाई फेरि सभापति बन्नबाट रोक्न साझा उम्मेद्वार उठाउनुपर्ने नेताहरुको निष्कर्षमा पौडेलले आफूलाई अगाडि बढाउनु अस्वाभाविक भने थिएन । किनकि पौडेल एकपटक ९२०७२ माघमा सभापति सुशील कोइरालाको निधन भएपछि० कार्यवाहक सभापति बनिसकेका थिए भने १३औं महाधिवेशनमा देउवासँग सभापतिका निम्ति प्रतिस्पर्धा गरेका थिए । त्यो महाधिवेशनमा देउवा विरुद्धको समूहमा रहेका नेताहरुलाई मनाएर साझा उम्मेद्वार बन्ने प्रयत्न र गतिविधि पौडेलले गरेका पनि थिए ।

अझ बितेको एक वर्ष त, पौडेलले लिएकै बाटोमा कांग्रेस हिड्यो । १८ मंसिर २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले तनहुँमा धरपकड गरेपछि पौडेल आक्रामक विपक्षीका नेताका रुपमा प्रस्तुत भएका थिए । ५ पुस २०७७ मा ओलीले प्रधानमन्त्रीको हैसियतमा संसद् विघटन गर्ने निर्णय गरेपछि पौडेल सडक आन्दोलनमा उत्रिए, गगन थापा सहित युवा नेताहरुको साथ पाए ।

देउवा भने संसद् विघटनको निर्णय उल्ट्याउन सडक आन्दोलनको बाटो जान नहुने अडानमा रहे । बरू उल्टै अध्यादेशबाट संवैधानिक नियुक्ति गर्दा ओलीसँग भागबण्डा लिए । शुक्रबार महाधिवेशन उद्घाटनसभामा पौडेलले यी घटनाहरू सम्झिए पनि । ‘मैले दमौलीबाट संसद् विघटन गर्ने प्रतिगामी कदमको विरुद्ध आन्दोलन थालें, अहिले सरकार हाम्रो नेतृत्वमा छ । कांग्रेसको सभापति प्रधानमन्त्री हुनुहुन्छ’, २०७४ को चुनाव हारेर पनि सरकारको नेतृत्व पार्टीले लिने अवस्था बन्नुमा आफ्नो भूमिकाबारे पौडेलले भनेका थिए ।

पार्टीभित्र त पौडेल लगातार संस्थापन इतर समूहका नेताका रुपमा रहे । देउवाले लिने हरेक पार्टी निर्णयबारे धारणा बनाउन आफ्नो समूहका नेताहरुसँग छलफल राखे, र सार्वजनिक अभिव्यक्ति दिए । तर १३औं महाधिवेशनमा आफ्नै समूहमा रहेका अनि उमेर, अनुभव र वरीयताले निकै पछि रहेका शेखर ९७१ वर्ष० र प्रकाशमान ९६५ वर्ष० ले देउवाविरुद्ध उम्मेद्वारी दिंदा पौडेल भने ९७७ वर्ष० पार्टी जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेका छन् ।

ती रामचन्द्र

अहिले पार्टीभित्र गुटको साझा उम्मेद्वार समेत बन्न नपाएर आउने पुस्तासँग पार्टी जोगाउने अपेक्षा गर्ने अवस्थामा पुगेका पौडेल कुनै बेला कांग्रेसकै सम्भावना बोकेका नेता थिए । बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिहरु संस्थापक रहेको कांग्रेसको नेतृत्व गर्ने नेताका रुपमा उनलाई हेरिन्थ्यो ।

अर्थात्, संस्थापक नेतापछि कांग्रेसको नेतृत्व गर्ने तीन नेता मध्ये पौडेल एक थिए । उनीसँगै थिए, शेरबहादुर देउवा र शैलजा आचार्य । यी तीन नेता पार्टीपंक्तिमा आरएसएस ९रामचन्द्र, शेरबहादुर र शैलजा० का रुपमा चिनिन्थे । यसपछि एकेजीबी अर्थात् अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छेदार स्थापित भएका हुन् ।

लोकतन्त्रका लागि १३ वर्ष जेल बसेका पौडेल बहुदल आएपछि पनि पार्टी राजनीति, संसद् र सरकारमा राम्रै भूमिकामा रहे । २०४८ पछि लगातार पाँच पटक संसदीय चुनाव जित्ने थोरै नेतामा पौडेल पनि रहे । २०४८ मा तनहुँ–१ बाट संसद बनेका पौडेल स्थानीय विकास तथा कृषिमन्त्री बने । तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संसद् भंग गर्दै मध्यावधि निर्वाचन गरे । २०५१ को मध्यावधि चुनावमा पौडेलले तनहुँ–२ बाट जिते ।

उनी प्रतिनिधिसभाको सभामुख बने । त्यसबेला तिक्ततापूर्ण सम्बन्धमा रहेका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला दुवैको दबाबमा पौडेल सभामुख बनेका थिए । ‘सभामुख बन्ने मेरो चाहना नै थिएन । किनकि म सक्रिय राजनीतिमा रहन चाहन्थें’, पौडेलले सार्वजनिक रुपमै भन्दै आएका छन्, ‘तर किसुनजी, गिरिजाबाबुहरुले कर गरे ।’ त्यसबेला उनी ४९ वर्षका थिए ।

सक्रिय राजनीति नै प्राथमिकतामा राख्ने पौडेलले २०५६, २०६४ र २०७० को चुनाव पनि तनहुँ–२ बाटै जिते । २०६४ मा चुनाव जित्ने ३१ जना कांग्रेस नेतामध्ये उनी पनि थिए । कार्यवाहक उपसभापति रहेका सुशील कोइरालाले चुनाव हारेका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री एवम् सभापति गिरिजाप्रसाद कोइरालाले प्रत्यक्ष चुनावमा भाग लिएका थिएनन् । त्यसैले २०६४ को संविधानसभा निर्वाचनपछि पौडेल संसदीय दलका नेता बने । देउवासँगै चुनाव लडेर उनी दलका नेता बनेका थिए । देउवाले ४८ मत पाउँदा पौडेलले ६१ मत ल्याएका थिए ।

तर तिनै देउवासँग पौडेल कार्यवाहक सभापतिका रुपमा उम्मेद्वार बन्दा पनि सभापतिमा ९१३औं महाधिवेशनमा० पराजित भए । देउवा र उनी निकट नेताहरू पौडेललाई नेतृत्वका निम्ति हिम्मत नगर्ने नेताको संज्ञा दिन्छन् । यस्तो संज्ञा दिनुको कारण भने २०५९ मा कांग्रेस विभाजित हुँदा कांग्रेस प्रजातान्त्रिकको सभापति पौडेललाई बनाउने देउवाको तयारी थियो । तर सधैं संस्थापन र कोइराला पक्ष नछोडेका पौडेलले अन्तिम समयमा विभाजित पार्टीको सभापति बन्न इन्कार गरे । कलबलगुडी ९२०४८ सालमा भएको आठौं महाधिवेशन० महाधिवेशनबाट पौडेलसँगै केन्द्रीय सदस्य बनेका देउवा विभाजित पार्टीको सभापति बने । कांग्रेस प्रजातान्त्रिकका सभापतिको हैसियतमा प्रधानमन्त्री पनि बने ।

फेरि २०६३ सालमा राजतन्त्रको अन्त्य भए सँगै ४० प्रतिशत हिस्सा लिएर देउवा पार्टी एकतामा आए । त्यसबेला भने देउवा भन्दा पौडेल नै पार्टी बलिया थिए । नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्व पौडेलले गरे । गिरिजाप्रसाद कोइरालाको निधनपछि भएको १२औं महाधिवेशनमा सुशील विरुद्ध सभापतिमा देउवा पराजित भए । सुशीलले पौडेललाई उपसभापति मनोनयन गरे । पार्टी उपसभापति र दलका नेता भएकाले सरकारको नेतृत्व कांग्रेसले पाएमा पौडेल प्रधानमन्त्री हुन्थे । त्यो अवसर पौडेलले पाएका पनि थिए । गिरिजाप्रसाद कोइराला डिजाइनमा २१ दलीय गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका एमाले नेता माधवकुमार नेपालले राजीनामा दिएपछि संसद्मा नयाँ प्रधानमन्त्रीको बाटो खुलेको थियो । कांग्रेसले पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनायो पनि । तर १७ पटक संविधानसभामा मतदान हुँदा पनि पौडेलले बहुमत पाउन सकेनन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने तत्कालीन सभापति सुशील कोइराला बाँकेबाट चुनाव जितेर आए, प्रधानमन्त्री हुँदै २०७२ मा संविधान जारी गर्ने नेतृत्व गरे । पार्टीभित्र देउवाले अलग धारको नेतृत्व गरिहँदा सुशीलको निधनपछि फेरि पौडेलकै काँधमा यो समूहको नेतृत्व गर्ने दायित्व आइलाग्यो । तर १३औं महाधिवेशनमा आफ्नै समूहका शशांक महामन्त्री र सीतादेवी यादव कोषाध्यक्ष निर्वाचित हुँदा पौडेल सभापतिमा पराजित भए ।

सभापतिमा पराजय भएको दुई वर्ष नबित्दै पहिलोपटक सांसदको निर्वाचन पनि हारे । लगातार चुनाव जित्दै आएका पौडेल तनहुँ–१ बाट २०७४ मा व्यापारिक पृष्ठभूमिका कृष्णकुमार श्रेष्ठसँग ६४१४ मतान्तरले पराजित भएका थिए । २०७० मा तिनै एमाले उम्मेद्वार श्रेष्ठलाई पौडेलले हराएका थिए । तर एमाले र माओवादीबीच गठबन्धन हुँदा राजनीतिक जीवनको पहिलो हार पौडेलले खेपे ।

संसदीय चुनावमा हारेका पौडेलले २४ मंसिरमा शुरु भएको १४औं महाधिवेशनमा दोहोरिएर सभापतिको उम्मेद्वार समेत बन्न पाएनन् । तर पौडेलपछि हटेकै कारण शेखर र प्रकाशमानले कांग्रेसमा नाति पुस्ता मानिने नेताहरु समेटेर प्यानल बनाएका छन् । शेखरले राजतन्त्र अन्त्य गर्ने २०६२र६३ सालको दोस्रो जनआन्दोलनका प्रतीक गगन थापालाई सभापति पछिको महत्वपूर्ण पद महामन्त्रीका उम्मेद्वार बनाएका छन् भने सिंहले विश्वप्रकाश शर्मालाई । देउवाले प्रदीप पौडेललाई महामन्त्री पदको उम्मेद्वार बनाएका छन् । सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी १३ पदका लागि प्रतिस्पर्धा गर्नेमा पुराना पुस्ताका देउवादेखि नाति पुस्ताका नेताहरु गरी ३९ जनाको दावेदारी परेको छ ।

अर्थात्, रामचन्द्रको अवस्था भने धार्मिक ग्रन्थ रामायण वर्णित रामकै जस्तो छ । रामायणमा आमाहरुद्वारा सिर्जित समस्यामा रामले भाइका निम्ति वनवास रोजेका छन्, रामचन्द्रले भाइहरुको समस्या देखाएर प्रतिस्पर्धामा नरहने निर्णय लिएका छन् । ‘प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवके प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु’, पौडेलले भनेका छन् ।

पौडेलको राजनीतिक यात्रा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, शैलजा आचार्यहरुले जसरी नै अन्त्य हुन्छ वा फरक रुपमा रु त्यो चाहिं आउनेवाला नेतृत्वको निर्णय र पौडेलको रोजाइमा भर पर्ने देखिन्छ ।

अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया