कावासोती।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपुर शाखाको नयाँ कार्यसमिति गठन भएको छ । समितिको शनिबार सम्पन्न तेस्रो अधिवेशनले ३ वर्षका लागि चन्दा गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा राजन थकाली, सचिवमा टोलबहादुर रानामगर, कोषाध्यक्षमा यामु कुमाल र सहसचिवमा कृष्णमाया थापा सर्वसम्मत चयन भएका हुन् ।

सदस्यहरुमा खेमनारायण महतो, शिला गुरुङ, तेजेन्द्र राना, पूजा गुरुङ , टेकबहादुर रजाली, भीमबहादुर राना, यामबहादुर सोमै र चन्द्राकुमारी महतो रहेका छन् ।यस्तैगरी केन्द्रीय पार्सदमा केवी राना, रामकुमार श्रेष्ठ, अशिफ गुरुङ, सूर्यकुमारी महतो र प्रेमध्वज गाहा रहेका छन् । प्रदेश पार्सदमा जीतनारायण थनेत, शारदा झेडी, टोपबहादुर राना, दीपेन्द्र थापा, प्रितम भुजेल, शारदा श्रेष्ठ, मनिराम थनेत र सविता गुरुङ रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै फोनिज नवलपुर शाखाका निवर्तमान अध्यक्ष अशिफ गुरुङले आदिवासी जनजातिका आवाज बुलन्द हुने तवरबाट जनजाति पत्रकार लाग्नु पर्ने बताए ।शनिबार कावासोती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सञ्चार गृहमा आवद्ध जनजाति पत्रकारको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया