गैँडाकोट । नवलपरासी (पूर्व) को गैँडाकोटमा मोटरसाइकल एक आपसमा ठक्करखाँदा तीनजना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं ८ किसानचोकमा शुक्रबार राति ९ वजे पश्चिमबाट  पूर्वतर्फ आउदै गरेको ना ४४ प ४५८० नं.को मोटरसाइकल बिपरित दिशाबाट जादै गरेको ना ५५ प ५६६० नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा गैडाकोट नगरपालिका वडा नं. ९ का ५० वर्षका उतम बकवाल, सोहि स्थानका ३२ वर्षका खिम बहादुर मगर र गैँडाकोट ८ का वर्ष २६का सरोज पौडेल रहेका छन् ।उनिहरुमध्ये बकवाल र मगरको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया