×

गैँडाकोट । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नवलपुर प्रदेश सभा क्षेत्र नं १ (क) क्षेत्रिय कार्यसमितिको सभापति पदमा उमेदवारी दिएका गोपाल प्रसाद सापकोटाले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा सापकोटाले १६६ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका प्रतिष्पर्धी तारापती खरेलले १२६मत प्राप्त गरेका छन् ।

त्यस्तै उप सभापतिमा कविराज आचार्य १४५, गोविन्दराज कोईराला १५६ , मञ्जुदेवी पौडेल १२५ र सुरेन्द्र तिवारीको १३३ मत रहेको छ ।
सचिवमा टेकनाथ पौडेल १२४, दिनुराम सापकोटा १४५, परमेश आचार्य १४४ र बुद्धिनाथ घिमिरेको १३६  मत रहेको छ ।

सह सचिवमा करुणाकर पौडेल १४०, खगेश्वर गौडेल १४२, प्रेमराज तिमिल्सीना १३७  शालिकराम घिमिरेको १३५ मत रहेको छ ।

तपाईको प्रतिक्रिया