×

गैँडाकोट । नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत नवलपुर संघीय क्षेत्र नं। १ को प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा सभापतिमा गोपालप्रसाद सापकोटाले अग्रता लिएका छन् । १२० मत गणना हुँदा सापकोटाले ६६ मत प्राप्त गरेका छन् । सभापतिका अर्का उम्मेदवार तारापती खरेलले ५३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उप सभापतिमा कविराज आचार्य ५९, गोविन्दराज कोईराला ६५, मञ्जुदेवी पौडेल ४८ र सुरेन्द्र तिवारीको ५६ मत रहेको छ ।
सचिवमा टेकनाथ पौडेल ५२, दिनुराम सापकोटा ५९, परमेश आचार्य ५६ र बुद्धिनाथ घिमिरेको ६० मत रहेको छ ।
सह सचिवमा करुणाकर पौडेल ६०, खगेश्वर गौडेल ५५, प्रेमराज तिमिल्सीना ५६ शालिकराम घिमिरेको ५९ मत रहेको छ ।
यहाँ ५९९ मतदाता मध्ये ५८८ मत खसेको निर्वाचन अधिकृत ईन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया