×

चितवन । पहिलो र दोस्रो चरणको कोभिड सङ्क्रमण तीव्र भइरहेको अवस्थामा भरतपुरको चौबीसकोठी स्थित श्री पुष्पाञ्जली हस्पिटल प्रालिले कोभिडका बिरामीहरुको सफल उपचार गर्दै आफूलाई अग्रपंक्तिमा उभ्याउन सफल भयो । विशेषज्ञ चिकित्सक सहित सबै प्रकारको सेवा उपलब्ध गराउँदै आएको पुष्पाञ्जली अस्पतालले विशेष गरी कोभिडको समयमा बिरामीको उपचार गरेको प्रयास प्रशंसनीय छ ।

जिल्लामा पहिलो चरणको कोभिड संक्रमण फैलिएपछि भरतपुर अस्पतालपछि कोभिडको बिरामी उपचार गर्ने निजी क्षेत्रको पहिलो अस्पतालको रुपमा पुष्पाञ्जली अस्पतालले आफूलाई उभ्याएको थियो । ५५ शैयाबाट बिरामीलाई सेवा पु–याउँदै आएको अस्पतालमा ७ शैयाको आईसीयू (सघन उपरचार कक्ष) समेत रहेको छ । अस्पतालले कोभिडको क्रममा पहिलो र दोस्रो लहरमा गरी ३८५ जना कोभिड संक्रमितलाई सफल सेवा प्रदान गरेको पुष्पाञ्जली अस्पतालका व्यवस्थापक सुजन अधिकारीले बताउनुभयो । अस्पतालले उपचार गरेका कोभिडका बिरामीमध्ये ९६ जना महिला र २८९ जना पुरुष रहेका अधिकारीको भनाइ छ । अस्पतालले जिल्लाका २७८ तथा जिल्ला बाहिरका १०९ जना कोरोना संक्रमितको उपचार गरेको अधिकारीले बताउनुभयो ।

पुष्पाञ्जली अस्पतालले कोभिडका बिरामीहरुलाई सरकारले तोकेकोभन्दा पनि न्यून शुल्कमा उपचार गराएको थियो । राज्यलाई संकट परेको बेला निजी अस्पताल पनि उत्तरदायी हुनुपर्छ भन्ने मान्यताका साथ कोभिडका बिरामीहरुको उपचार गरिएको अस्पताल व्यवस्थापक अधिकारीले बताउनुभयो । कोरोना कालमा अस्पतालले कोरोना संक्रमितको उपचार गर्दा आईसीयूको शुल्क प्रति दिन सात हजार पाँच सय रुपैयाँ मात्रै लिइएको अधिकारीले बताउनुभयो । सरकारले आईसीयु शुल्क १५ हजार रुपैयाँसम्म लिन छुट दिएको थियो ।

त्यस्तै वार्डमा कोरोना संक्रमितले एक हजार ५०० रुपैयाँ मात्रै तिरेका छन् । कोभिडको पहिलो लहर सुरु हुने बेलामा अस्पतालले तीन जना संक्रमितको निःशुल्क उपचार समेत गरेको थियो । कोभिड संक्रमितको नजिक पर्न समेत मानिसहरु डराउने अवस्थामा आफूहरुले संक्रमितको उपचारमा रात दिन खटिएर बिरामीलाई निको पारेको इन्टरनल मेडिसिनमा एमबिबिएस एमडी गर्नुभएका अस्पतालका चिकित्सक डा सुनील पण्डितले बताउनुभयो । पहिलो लहरदेखि नै निजी क्षेत्रमा सबैभन्दा पहिले बिरामीको उपचार आफूहरुले गरेको पण्डितले बताउनुभयो ।

कोरोनाको सफल उपचार गरेको श्री पुष्पाञ्जली अस्पतालले कोभिडको चाप घटेसँगै कोभिड पूर्वकै अवस्थामा अन्य बिरामीहरुलाई सेवा प्रदान गरिरहेको छ । अस्पतालले २४ सै घण्टा आफ्नै एम्बुलेन्सबाट बिरामीलाई सेवा पु¥याउँदै आइरहेको छ । अस्पतालबाट मेडिसिन, सर्जरी, अर्थोपेडिक, प्रसूति तथा स्त्री रोग, नाक, कान घाँटीका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान हुँदै आइरहेको छ । त्यस्तै, अस्पतालले भिडियो एक्सरे, एक्सरे, अल्ट्रा साउण्ड, इन्डोस्कोपी, ल्याप्रोसकोपी सर्जरी सेवाका साथै २४ सै घण्टा आकस्मिक सेवा र फार्मेसी सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया