गैँडाकोट । नेपाली काग्रेसको गैँडाकोट नगर सभापति पदका खेमराज सापकोटाको प्यानलमा परेका राजेश कुमार श्रेष्ठले आफु खेमराज सापकोटा प्यानलमा नरहेको बताएका छन् ।
खेमराज सापकोटा प्यानलबाट आफुलाई उपसभापतिको पदमा राखेर नाम सार्वजनिक गरिएको भन्दै उनले असन्तुष्टी जनाएका छन् ।
केहिबेर अघि एक विज्ञेप्ती जारी गर्दै श्रेष्ठले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर आएका कुराहरु भ्रममात्रै भएको भन्दै आफु कुन लाईनमा हो भन्ने कुरा छिट्टै सार्वजनिक गर्ने श्रेष्ठले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया