चितवन । सिर्जनशील समाज भरतपुर ४ चितवन आयोजना एवं बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको प्राविधिक सहयोगमा महिलाको स्तन, मुख र पाठेघरको मुखको सम्बन्धी सचेतना सहित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सिर्जनशील समाजका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरि आचार्य , बरिस्ठ अतिथि बरिस्ठ अतिथि संस्थाका निवर्तमान अध्यक्ष शिव बराल ,बरिस्ठ अतिथि बैकुण्ठपथ टोल बिकास संस्थाका कोषाध्यक्ष दयाराम पौडेल रहेको कार्यक्रमको सन्चालन समाजका महासचिव कविता शर्माले गर्नु भएको थियोे ।
संस्थाको उपाध्यक्ष श्री महेश्वर पोखरेल्ज्युले स्वागत मन्तब्य, बैकुण्ठ टोल बिकास सस्थाका कोषाध्यक्ष श्री दयाराम पौडेलज्युले शुभकामना मन्तव्य , वडा अध्यक्ष श्री हरिप्रसाद आचार्यज्युले प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्नु भएको थियोे भने समाजका अध्यक्ष श्री टिकाराम सापकोटाज्युले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
बुधवार भरतपुर महानगरपालिका वड़ा नं ४ बैकुण्ठ टोल शिव पार्वती चोकमा संचालित शिविरमा ६१ जनाको जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको सिर्जनशील समाजका निवर्तमान अध्यक्ष शिव प्रसाद बराले जानकारी दिनुभएको छ । पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षक चिकित्सक डा अस्मिता राणाज्युले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताउदै सानै उमेरमा धेरै सन्तान जन्माउँने, खानपान र सरसफाईमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघरको क्यान्सरको जोखिम बढी हुने गरेकोे जानकारी दिनुभयो ।
बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ । कार्यक्रममा महेश्वर पोख्रेल ,भोजराज खरेल , दामोदर रिजाल ,उदय खरेल,सुरेश घिमिरे लगाएत १२० जनाको उपस्थित रहेको कार्यक्रममा महिलाहरुको उल्लेख्य मात्रमा सहभागिता रहेकोे थियोे ।आज परिक्षण हुन बाकी महिलाहरुको स्वास्थ परिक्षण असोज १८ गते सोमबार परिक्षण हुने जानकारी निवर्तमान अध्यक्ष शिव बरालले दिनुभयो ।