गैँडाकोट। जिल्लामै पहिलो पटक नवलपुर मासु व्यवसायी संघ गठन गरिएको छ ।राज्यले मासु व्यवसायीहरुलाई वेवास्ता गरेको र दिनुपर्ने सेवा सुविधाबाट समेत बन्चित हुँदा सवै मासु पसल व्यवसायीहरु एक जुट हुन संघ गठन गरेको व्यवसायीहरुले बताएका छन् ।अहिले तत्काललाई गैँडाकोटका मासु व्यवसायीहरुको भेलाबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जित वहादुर श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले दिपक पाण्डेलाई अध्यक्षतामा चयन गरेको छ ।उपाध्यक्षमा रमेश भट्टचन, महासचिवमा दिनेश राज न्यौपाने, सचिवमा नारायण कडेँल, कोषाध्यक्षमा जित वहादुर श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा अमरसिँह कुमाल, चोकबहादुर गाहा मगर, डम्वर गौतम, नवराज लामिछाने, धनबहादुर चितौरे, टिका खत्री र सुनिता गुरुङ रहेका छन् ।

तपाईको प्रतिक्रिया