तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले व्यावसायीक प्रायोजनका लागि ५ तले बहुद्देश्यीय भवन निर्माण गर्ने भएको छ। गाउँपालिकाले आन्तरिक आयमा वृद्वि गर्ने उद्देश्यका साथ उक्त बहुद्देश्यीय भवन निर्माण गर्ने भएको हो।आँबुखैरेनी कम्प्लेक्स नामाकरण गरिएको उक्त भवनको आज गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले एक कार्यक्रमका बिच शिलान्यास गरनुभएकाे छ । करिब ४९३.५८ वर्ग क्षेत्रफल हुने कम्प्लेक्स ५ तलाको निर्माण हुनेछ ।

बहुवर्षिय योजना अन्तर्गत निर्माण हुने भवनको लागत करिब १३ करोड ७४ लाख १ हजार ७ सय ८१ रुपैयाँ ३० पैसा अनुमान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी  दिनुभयाे। जसमध्य हाल पहिलो चरणमा ३ करोड ५७ लाख ८९ हजार ८ सय उनानअसी रुपैयाँ बराबरको ठेक्का लगाइएको उहाँले बताउनुभयाे ।

उक्त रकमबाट पहिलो चरणमा ३ तलासम्मको फ्रेम स्ट्रक्चर निर्माण हुनेछ । पहिलो चरणको काम श्री ज्ञान ज्योति विल्डर्स प्रा। लि। काभ्रेले २ करो ३९ लाख ८८ हजार ७ सय ७८ रुपैयाँ ७७ पैसामा ठेक्का पारेको छ । कम्पनीले २०७९ साल कार्तिक १५ गते भित्रमा पहिलो चरणको काम सकिसक्नुपर्नेछ।

 

तपाईको प्रतिक्रिया