गैँडाकोट नगरपालिकाले असार ३१ र साउन १ गते भेरोसोल खोप लगाउने भएको छ ।गैँडाकोट नगरपालिकामा विभिन्न सात स्थानबाट खोप लगाइने प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
५५ वर्ष माथिका सवै पहिलो खोप नपाएकालाई, विश्व विद्यालय, विद्यालय प्राध्यापक, शिक्षक र कर्मचारी, अत्यावश्यक सेवामा संलग्न बाकि व्यक्तिहरुलाई, खोप अनिवार्य गरेका विदेश जाने नागरिकलाई, दोश्रो मात्रा लगाउन छुटेका व्यक्तिहरुलाई र सार्वजनिक यातायातमा कार्यरत चालक तथा कर्मचारीहरुलाई विशेष प्राथमिकताका आधारमा खोप लगाईने छ ।

तपाईको प्रतिक्रिया