नवलपुर । गैंडाकोटमा रहेको विजयश्री उपभोक्ता सहकारी संस्थाले आफ्नो विस्तारीत मन्च सम्पन्न गरेको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा संस्थाका सन्चालक, लेखा समिति, व्यवस्थापन उपसमिति, संस्थाद्धारा गठित उपसमिति पदाधिकारी एवम् कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा संस्थाको गत वर्षको प्रगति समीक्षा एवम् आगामी वर्षका लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भएको थियो । संस्थाका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षता रहेको सो कार्यक्रमको सहजीकरण व्यवस्थापक रामचन्द्र पौडेलले गर्नुभएको थियो । २३२ जना शेयर सदस्य रहेका सो संस्थाले गैँडाकोटका दुई स्थानबाट मिनीमार्ट सन्चालनमा ल्याएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपीनाथ खरेलले राख्नुभएको थियो । संस्थाको समग्र अवस्था बारेमा जानकारी दिनुहुँदै अध्यक्ष हरिलाल सापकोटाले छिट्टै अमरापुरी र भेडाबारी क्षेत्रबाट थप मिनीमार्ट सन्चालनमा ल्याउने बताउनुभयो । कार्यक्रममा निवर्तमान सचिव गोविन्द रिमाल, केन्द्रीय सेवाकेन्द्र व्यवस्थापन समिति संयोजक भानुभक्त लामिछाने, लेखा सुपरिवेक्षण समितिका संयोजक आनन्द चालिसे, सदस्य खुमनाथ पौडेललगायतले मन्तव्य राख्नुभएको थियो । विकू बचत तथा ऋण सहकारी संस्थाको प्रवर्द्धनमा सन्चालित सो सहकारीले गुणस्तरयुक्त उपभोग्य सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया