अभिनेत्री प्रियंका कार्की विवाद र चर्चामा बारम्बार छाउने गर्दछिन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्विरले समेत चर्चा पाउने गरेको छ ।पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी थिइन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

अहिले फेरि उनले सामाजिक संजालमा केही नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । उनले सार्वजनिक गरेको तस्बिर ‘बेबी सावर’को रहेको छ । तस्विरका साथ उनले ‘द वेष्ट बेबी सावर’ भनेर लेखेकी छन् । सो क्रममा उनले केक समेत काटेकी छन् भने केही साथीहरुसँग तस्बिर समेत खिचाएकी छन् ।

म्युजिक भिडियो र चलचित्र दुबैमा बराबरी देखिने अभिनेत्री प्रियंकाले गत चैत्रमा पहिलो पटक गर्भवती भएको जानकारी दिएकी थिइन् । यो खबर उनले स्टाग्राममार्फत् सेयर गरेकी थिइन् ।सो समय श्रीमान्सँगको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी थिइन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

 

तपाईको प्रतिक्रिया