×

पोखरा ।गण्डकी प्रदेश प्रखु सिता पौडेलेले नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।नवनियुक्त मुख्यमन्त्री गुरुङ पद तथा गोपनियताको सपथ खान प्रदेश प्रमुखको निबासमा पुगिसकेका छन् ।

गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् ।प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।

मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।

तपाईको प्रतिक्रिया