×

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार २८ पुगेको छ । आइतवार कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ५४ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा एक सय ४१ जना निको भएसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार २७ पुगेको छ ।

अहिले नेपालमा २९ सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।गएको २४ घण्टामा एक जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया