
काठमाडौं। मंगलबार र बुधबार गरि करिब ८० अंकले घटेको सेयर बजारमा बिहीबार एकै दिन करिब ९१ अंकभन्दा धेरैको उछाल आएको छ।दुई दिन लगातार घट्दा २४०० को लाइनमा ओर्लिएको नेप्से सूचक बिहीबार एकैदिनमा पुनः २५०० विन्दु पार गर्दै २५०६ मा पुगेर रोकिएको छ।
करिब सवा १२ बजेपछि लगातार उकालो लागेको बिहीबारको सेयर बजारमा म्युचुअल फन्डका योजनाहरु र डिबेन्चरबाहेक नियमित धितोपत्रअन्तर्गतका लगभग सबै ९१७१० कम्पनीको सेयर मूल्य बढेको छ । घट्ने र मूल्य स्थिर हुने सेयरहरु दुईरदुईवटा मात्र रहे । कारोबार भएका २०६ कम्पनीका धितोपत्रमा अन्य ३१ वटा डिबेन्चर र म्युचुअल फन्ड योजनाहरु हुन् ।
बजार तलमाथि देखिँदा संस्थागत लगानीकर्ताहरुले केही समय कारोबार होल्ड गरेर बसेका थिए । अहिले पुनः उनीहरुले लगानी सक्रियता बढाउन थालेकाले सेयर बजारमा यसको प्रभाव देखिएको हो, सेयर बजार विश्लेषक विष्णु बस्याल भन्छन्, सामाजिक सञ्जालहरुमा आएका सूचनाले लगानीकर्ताहरु केही अत्तालिएको जस्तो देखिएका थिए । तर अहिले पुनः उनीहरुको उत्साह फर्किएपछि बजार बढेको हो ।
निफ्राको मात्र १० लाख कित्ता सेयर कारोबार
पछिल्ला केही दिनयता लगातार घटेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा० को सेयर मूल्य आज भने १० प्रतिशतले बढेर सर्किट ब्रेकर लागेको छ । यसक्रममा बिहीबार सर्वाधिक रकमको कारोबार हुने स्टक पनि निफ्राकै बन्यो । यसको आज एक दिनमै ५३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। ब्रोकर नम्बर ५५ बाट संस्थागत लगानीकर्ताहरुले निफ्राको करिब पाँच लाख कित्ता सेयर उठाएपछि यसको कारोबार उच्च हुँदा मूल्य पनि १० प्रतिशतले बढेको हो। निफ्राको मात्रै बिहीबार कुल १० लाख कित्ता हाराहारीमा सेयर किनबेच भएको छ।
निफ्रापछि सर्वाधिक रकमको सेयर किनबेच हुनेमा क्रमशः शिखर इन्स्योरेन्स २४ करोड, नबिल बैंकको २० करोड, नेपाल टेलिकमको १९ करोड र नेपाल लाइफको १८ करोड रुपैयाँ सम्मको सेयर किनबेच भएको छ।
निफ्राका अलवा किसान लघुवित्त, सुर्योदय लघुवित्त, लिबर्टी इनर्जी, चन्द्रागिरी हिल्स, इन्फिनिटी लघुवित्त, हिमालयन पावर पार्टनर, श्री इन्भेष्टमेन्ट, नेश्नल हाइड्रो, निर्धन उत्थान लघुवित्त र नेरुडे लघुवित्तको सेयर मूल्य बढेर सर्किट लागेको छ।
निफ्राको करिब १० लाख कित्ता सेयर किनबेच हुँदा नेश्नल हाइड्रोपावरको सात लाख कित्ता सेयर किनबेच भएको छ। गलोबल आइएमई बैंक, नेपाल बैंक र प्रभु बैंकको ३र३ ख कित्ता भन्दा बढी सेयर किनबेच भएको छ।२०६ कम्पनीको एक लाख ६६ हजार कित्ता सेयर ६ अर्ब रुपैयाँ भन्दा बढीमा किनबेच भएका छन्।