×

गैंडाकोट । गैडाकोटमा पहिलोपटक डाक्टर योग चिकित्सा शिविर हुने भएको छ । गैडाकोट ५ काँग्रेस चोकमा स्थित ईन्द्रा दिप योगा एण्ड जुम्बा स्टुडियो साधना केन्द्रमा शनिबार र आईतबार निःशुल्क शिविर हुन लागेको हो ।

डाक्टर योगका संस्थापक डा। शंक्ति साधकले योग चिकित्सा शिविर सञ्चालन गर्ने जुम्बा स्टुडियो साधना केन्द्रकी सञ्चालक ईन्दु घिमिरेले बताईन् । बिहान ७ देखी ८ बजे सम्म शिबिर हुने उनको भनाई छ ।

यहाँ योग एवं आर्युवेद द्धारा बिभिन्न रोगको उपचार समेत गरिने घिमिरेले बताईन् । योग शिविरमा सहभागी भएर धेरै भन्दा धेरै लाभ लिन उनले सबैमा आग्रह गरेकी छिन् । योग निशुल्क हुने भएकाले सहभागि भई लाभ लिन उनले सबैमा आग्रह गरेकी छिन् ।

अन्तराष्ट्रिय योग गुरु डा. शक्ति साधकले शरिरको शुद्धिकरण र कब्जियत उपचारमा उपयोगी शंख प्रक्षल्यन बिधि ब्यवहार सहितको योग आसन मुद्रा र अक्कुप्रेसर सहितको योग शिबिर सञ्चालन गर्ने हुदा धेरै भन्दा धेरै लाभ लिन उनको आग्रह छ ।

तपाईको प्रतिक्रिया