×

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ मा बन्न लागेको गैँडाकोट स्वास्थ्य चौकीको आज शिलान्यास गरिएको छ।गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल एक समारोहका विच स्वास्थ्य चौकीको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै मेयर पौडेलले संविधानले प्रत्याभूत गरेको निशुल्क स्वास्थ्य सेवा पुर्याउने अभियानलाई सहयोग गर्नका लागि स्वास्थ्य चौकीले सहयोग पुर्याउने बताउनुभयो । सो अवसरमा उहाँले स्वास्थ्य चौकीमा एमविविएस डक्टर राखेर सेवा दिनका लागि प्रयास गर्ने बताउनुभयो ।

गैँडाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष एवम कार्यक्रमका सभापति नवराज कडेँलले भवन निर्माणपछि वर्थिङ सेन्टर संचालन गरिने र एउटा एम्वुलेन्सको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो भवन निर्माण गर्न नागार्जुन जे जे आइभी कम्पनीसँग २ करोड ३६ लाख ८५ हजार ५५० रुपैयामा सम्झौता गरिएको छ । माघ ८ गतेदेखि निर्माण सुरु गरेको कम्पनीले १५ महिनाभित्र उक्त भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने आयोजना कार्यान्वयन इकाइ चितवनका इन्जिनियर सुवास न्यौपानले जानकारी दिनुभयो ।

गार्डेन, क्यान्टीन र पार्किङको सुविधा सहित वन्ने स्वास्थ्यचौकीको भुइँ तल्लामा स्वास्थ्य सेवाहरु प्रदान गरिने कोठाहरु बन्नेछन् भने पहिलो तल्लामा तालिम, कार्यक्रम संचालन गर्नमिल्ने सभाहल, आवासीय सुविधाका कोठाहरु सहितको भवन निर्माण हुने न्यौपानेले बताउनुभयो ।

यस्तो बन्नेछ स्वास्थ्य चाैकी

 

तपाईको प्रतिक्रिया