गैँडाकोट । नगरकमिटिका अध्यक्ष र सचिव नै प्रचण्ड समूहमा लागेपछि पहिलोपटक नेपाल कम्युनिष्ट पार्टि नेकपा (ओली समूह) गैँडाकोट नगरकमिटिले आज कार्यकर्ता भेला गैडाकोटमा सम्पन्न गरेको छ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई बोलाएर नेकपा (ओली समूह) गैँडाकोटले नगरमा आफुहरु बलियो रहेको उदाहरण समेत पेश गरेको छ । फेम्ली पार्टि प्यालेसमा आयोजना गरिएको कार्यकर्ता भेलामा गैँडाकोट नगर अन्र्तगतका १८ वटै वडाका अगुवा कार्यकर्ताहरु सहभागी थिए ।
कार्यकर्ता भेलालाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, विघटित प्रतिनिधि सभाका सासंद तिलक बहादुर महत, राष्टियसभा सदस्य पार्वती रावल, गण्डकी प्रदेशका सासंद रोसन बहादुर गाहा मगर, भूमि सम्बन्धी समस्या समाधान आयोग नवलपुरका अध्यक्ष कृष्ण प्रसाद घिमिरे लगायतले सम्बोधन गर्दै आगामी निर्वाचन मार्फत ओली नेतृत्वको नेकपाले पहिलो स्थान ल्याउने भन्दै चुनावको तयारीमा जुुट्न कार्यकर्ता लाई निर्देशन दिए ।
कार्यकर्ता भेलाको अवसरमा नेकपा प्रवेश गरेका गैँडाकोट ४ का अभिषेक कार्की र गैँडाकोट एकका ओमप्रकाश ज्ञवालीलाई मुख्यमन्त्री गुरुङले स्वागत तथा सम्मान गरेका थिए ।