
काठमाडौं । टेकुमा ८० वर्षका व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका हुन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा जेष्ठ नागरिक हुन् ।
सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइएको छ ।
भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।