
चितवन । कलाकार चेतबहादुर सिंह “राजा” अभिनित “जाम हिँड धनगढी” बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा कलाकार चेतबहादुर सिंह “राजा” संगै नायिका आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेललाई देख्न सकिन्छ । सुपारी चाम्रो, बल्लै भो भेट, जापान टोकियो जस्ता सफल लोकप्रिय गीतका गायक बिमलराज क्षेत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको आवाज रहेको छ ।बिमलराज क्षेत्री एण्ड चेत बहादुर सिंह “राजा” कै सहकार्यमा ‘जाम हिड धनगडी’ बोलको गीत सार्वजनिक गरिएको हो ।
बिमल चौतारी युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको थियो । उक्त गीतमा गायक क्षत्रीकै शब्द, तथा संगीत रहेको छ भने संगीत संयोजन जीवन बडुले गरेका हुन् । दिलिप ओखेडाको निर्देशन रहेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन रहनुका साथै दिन्सन शाहले सम्पादन गरेका छन् ।