×

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा योग साधना केन्द्र सञ्चालनमा आउने भएको छ । गैडाकोट नगरपालिका वडा नं. ५ कांग्रेसचोकमा माघ १ गतेदेखि “इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियो” सञ्चालनमा आउन लागेको सञ्चालक इन्दु घिमिरेले जानकारी दिनुभयो ।

नगरभित्रका नागरिकहरुलाई स्वस्थ बनाउने मुल उदेश्य सहित “इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियोले सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।
योगा, योगानृत्य ध्यानका साथै बालबालिका तथा बृद्धबृद्धाको स्वास्थ्यलाई मध्यनजर राख्दै विशेष कक्षा सञ्चालन गरिने उहाँले बताउनु भयो ।

पछिल्लो समय मानिसहरुमा बढ्दै गएको अल्छीपना र आलस्यता हटाउँदै शरिरमा स्वस्थपनाको विकास गर्नका लागि योगा एण्ड जुम्बा स्टुडियोले सहयोग गर्ने अपेक्षा लिइएको छ । विहान र साँझ २ चरणका योगाका प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेछन ।संस्था सञ्चालनको पहिलो हप्ताभित्र योगामा सहभागी हुनेहरुलाई विशेष छुटको समेत व्यवस्था गरिएको इन्द्रादीप योगा एण्ड जुम्बा स्टुडियोले जनाएको छ ।

तपाईको प्रतिक्रिया