Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ?  यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । जब कुनैपनि युवकको अपरिचित युवतीसँग आँखा जुध्छ । युवकले त्यसपछि नजरले भ्याउन्जेल एकसरो युवतीको सिरदेखि पुच्छार सम्म हेर्छ

पहिलो नजरमा जिउका सबै भागमा आँखा पुराउन सक्ने कुरा भएन । आखिर पुरुषले पहिलो नजरमा महिलाका कुन कुन भाग वा विषयमा ध्यान दिन्छ होला रु मनोविज्ञहरुका अनुसार पुरुषले सुरुमै महिलाका यी ५ कुरामा ख्याल राखेको हुन्छ

कपाल पुरुषले महिलाको सरीरमा सुरुमै ख्याल राख्ने एउटा अंग हो कपाल । यसको मतलव पुरुषले निकै लामो कपाल मात्र मन पराउँछ भन्ने होइन । तर सफा, स्वस्थ तथा आकर्षक कपाल भएकी महिलाले पुरुषलाई आकर्षित गर्न सक्छिन् । भनिन्छ युवतीसँग आँखा जुधाइरहँदा युवकले ती युवतीको कपाल सुम्सुम्याइरहेको कल्पना गरिरहेको हुन्छ ।

मुस्कान के तपाइँको मुस्कान आँखा सम्मै पुग्यो ? अर्थात् तपाइँले मुखको मुस्कान सँगै आँखाबाट पनि सोही भाव व्यक्त गर्न सक्नुभयो ?मनोविज्ञहरुका अनुसार पुरुषहरु महिलाको मुस्कान बनावटी हो की साँच्चिकै हो भन्ने कुरा पत्ता लगाउन सक्छन् । महिलाको ओठ तथा आँखाको भावको अध्ययन गर्न पुरुषहरु सक्षम हुन्छन् भनिन्छ

बोली पुरुषहरु अलि सुरिलो बोली भएका महिलाहरु प्रति आकर्षित हुन्छन् । बोलिको पिच कम भएका वा धोद्रो आवाज भएका महिलाले पुरुषलाई आकषिर्त गर्न सक्दिनन् । मनोविज्ञ हरुका अनुसार सुरिलो बोली भएका महिलाहरु बढी स्वस्थ हुने विश्वास पुरुषमा हुन्छ ।

कम्मर र हीपको आकार पुरुषले महिलाको कम्मर र हिपको आकारमा विशेष ध्यान दिन्छन् । छिनेको कम्मर र चौडा हीप भएकी महिला पुरुषको रोजाइमा पर्छिन् भनिन्छ।यसले महिलाको प्रजनन क्षमता उच्च भएको संकेत समेत गर्छ

आँखा वास्तवमा आँखा पहिलो नजर पर्ने अंग नै हो । आँखाको आकार, नशालु पन, नानीको रङ, परेलाको बनावट लगायतका सबै कुराले महिलाको आकर्षणमा प्रभाव पार्छ र यो कुरामा पुरुषले विशेष ध्यान दिन्छन् ।

तपाईको प्रतिक्रिया