
काठमाडौँ । सरकारले फिल्म हलबारे नसोचेको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेदेखि हल सञ्चालन गर्ने घोषणा गरेका छ ।
कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० देखि सञ्चालन गर्ने संघले जनाएको छ ।
सोमबार संघले एक विज्ञप्ति जारी गर्दै होटल, रेष्टुरेन्टलगायतका सबै व्यवसाय खोलिएको भन्दै कुनै पनि हालतमा हल सञ्चालन गर्ने जनाएको छ । त्यस्तै, संघले सरकारसँग ९ वटा मागहरु पनि राखेको छ ।
९ महिनासम्म पनि सरकारले फिल्म हलका बारेमा मौन बसेको भन्दै जे परे पनि खोल्ने निर्णयमा पुगेको संघले जनाएको हो ।