गैँडाकोट । नवलपुरमा जुवाडे पक्राउ अभियानलाई प्रहरीले तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले धमाधम जुवाडेहरु पक्राउ गरेको छ ।
प्रहरीले शनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा (तास) खेली रहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
खालवाट रु १,६८,९१०।– (एकलाख अठ्सठ्ठीहजार नौ सय दश) नगद सहित तास बरामद गरी जुवा मुद्दामा थप गरी अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व का सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरमा बौदीकाली १ का डोलनाथ कंडेल, कावासोती २ का राम्जी के.सी., चुडामणी कंडेल, कावासोती ८ का श्रीधर शर्मा,कावासोती ३ का बल बहादुर गुरुङ ,दुर्गा गिरी , कावासोती १६ का गम बहादुर सिंजाली, कावासोती ४ का रुम बहादुर सिंजाली र कावासोती ३ का किरण के.सी रहेका छन् ।