Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ५ निवासी स्वर्गीय श्रीप्रसाद अधिकारीको सम्झनामा पवित्र तिर्थस्थल देवघाटधाममा रहेका बृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

स्वर्गीय अधिकारीकी श्रीमिति ज्ञानुमाया अधिकारीको आयोजनामा भएको कार्यक्रमको संयोजन लायन्स क्लव अफ मौलाकालिका ग्रीनको गरेको थियो । लायन्स क्लव अफ मौलाकालिका ग्रीनका अध्यक्ष मीना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम भ्वाईस डिस्ट्रिक गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि र लायन प्रभाकर पण्डीत विशिष्ट अतिथि रहनु भएको थियो ।

 

कार्यक्रममा संथापक अध्यक्ष लायन शान्ति न्यौपाने,जोन चियर पर्शन लायन रितु गिरी ,लायन्स क्लब अफ भरतपुर उज्यालोका अध्यक्ष लायन लक्ष्मी रिजाल ,सोमराज अधिकारी , कृष्ण लामिछाने कमला अधिकारी लगायतको सहभागिता रहेको थियो ।सो अवसरमा गलेश्वर बृद्धआश्रमका करिब ५५जना बृद्ध बुवाआमा हरुलाई खाना खुवाइएको थियो ।

तपाईको प्रतिक्रिया