Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नं ६ का बर्ष २१ को मोहम्मद सैजाद धुनिया र सोही मोटरसाईकलमा सवार भारत महाराजगंज थाना नौतुना पोष्ट सुनौली, ग्राम क्यौटालिया तहशिल नौतनवा घर भएका बर्ष २८ को महोम्मद करीम धोबी रहेका छन ।

पश्चिम बाट पुर्व तर्फ आउँदै गरेको लु ३४ प ३४९३ नं.को मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनिहरु डण्डाबाट लागुऔषध सहित पक्रउ परेको प्रहरी निरिक्षक सागर पन्तले जानकारी दिए ।

उनिहरुको साथबाट डाईजापाम २०० एम्पुल, नुफिन २०० एम्पुल र फेनरगन २०० एम्पुल गरी जम्मा ६०० ( छ सय ) एम्पुल लागुऔषध फेला परेको उनले बताए । पक्रा परेका उनिहरुलाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया