
नवलपुर । सामुदायिक रेडियो मध्यविन्दु एफएम १०१ मेगाहर्जले आफनो १२ औ वार्षिक उत्सव विभिध कार्यक्रमका साथ मनाउने भएको छ । यहि मसिर ८ गते परेको मध्यविन्दु एफएमको १२ औ वार्षिक उत्सवका अवसरमा विभिध कार्यक्रम गर्ने निर्णय गरिएको सञ्चालक समितीका अध्यक्ष कुल प्रसाद भुसालले वताउनु भयो ।
विस २०६५ सालमा स्थापना भएको सामुदायिक रेडियो मध्यविन्दु एफएम यहि मसिर ८ गते १२ वर्ष पुरा गरि १३ औ वर्षमा प्रवेश गर्दै छ । वार्षिक उत्सवका अवसरमा यसवर्ष विभिध विषयमा छलफल कार्यक्रम सञ्चालन गरिने तयारी गरिएको अध्यक्ष भुषालले जानकारी दिनु भयो । समाज रुपमान्तरणमा सामुदायिक रेडियोको भुभिका र अवको वाटो शिर्षकमा समुदायका हरेक सरोकारका विषयमा सरोकारवालाहरु सग अन्तक्रिया कार्यक्रम सञ्चाल गरिने सामुदायिक रेडियो मध्यविन्दु एफएम का कार्यकारी निर्देशक बिष्णु गौडेलले जानकारी दिनु भयो ।
समाज परिवर्तनमा मुख्य भुमिका निभाउने रेडियोको महत्तो र अवको सहयात्राका वारेमा सरोकारवालाहरुसंग श्रृङखलावद्ध छलफल कार्यक्रम सुरु गरिएको कार्यकारी निर्देशक गौडेलले जानकारी दिनु भयो । रुपान्तरणमा अग्रणि भुमिका निभाएका रेडियोह?को आगामि भुमिकाका वारेमा सप्ताहाव्यापि अन्तक्रिया कार्यक्रम सञ्चालन गरिने भएको हो ।
सामुदायीक सचेतना तथा सञ्चार प्रतिष्ठान नेपाल द्धारा सञ्चालित सामुदायिक रेडियो मध्यविन्दु एफएम समुदायका हरेक कृयाकलापमा सहकार्य गर्दै अगाडि वढेको छ । “समुदायको विकासका लागि सञ्चार अभियान” भन्ने आफ्नो मुल नाराका साथ स्थापित यस सस्थाले साविकको नवलपरासी जिल्लाको कावासोती वाट ५ सय वाट क्षमतामा बि.स.२०६५ साल असोज १४ गते देखि परिक्षण प्रसारण शुरु गरेको थियो ।