
नवलपुर । पूर्वी नवलपरासी नवलपुरमा बुधबार बिहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका ५ निवासी ३१ बर्षीया पिहिसरा सार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
बुधबार बिहान ६ः१५ बजेको समयमा लापाकको भिरमा घाँस काट्न जाने क्रममा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।घाँस काट्न गएकी सार्की अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा मृत अवस्थामा भेटेका हुन् ।