
गैडाकोट। गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेललाई कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणबाट उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँको यही १५ गते स्वाब संकलन गरिएको थियो । पौडेललाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि स्वाब संकलन गरिएको थियो । अहिले आफ्नो अवस्था सामान्य रहेको मेयर पौडेलले जानकारी दिनुभयो ।
गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले नगर प्रमुख पौडेलको सम्पर्कमा आउनुभएका जनप्रतिनिधी, नगरवासी एवं कर्मचारीहरुलाई थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ ।