Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. २ ले वडाको शिलन्यास चोकमा सिसी क्यामेरा जडान गरेको छ । वडा अध्यक्ष धुव्रराम पौडेलको सकृयतामा मौलाकालिका मन्दिर प्रवेश मार्ग, बृटिसक्याम्प तर्फ जाने सडक र नारायणी नदी तर्फ जाने सडक तर्फको संवेदनशीलतालाई लक्षीत गरि क्यामेरा जडान गरिएको हो ।

शान्ति सुरक्षालाई राखेर सिसी क्यामेरा जडान गरिएको वडा अध्यक्ष धुव्रराम पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार क्यामेरा जडानका लागी वडाले  २ लाख रुपैया खर्चेको छ ।सो बजेट विगतमा नै विनियोजन गरिएको थियो । सिसी क्यामेराको नियन्त्रण ईलाका प्रहरी कार्यालय गैँडाकोट मार्फत हुनेछ ।

स्थानीय समाजसेवी एवंम् धौलागिरी टोल सुधार समितिका अध्यक्ष विष्णु पन्थीले सिसी क्यामेराको जडानले शान्ति सुरक्षा र आपराधिक घटना नियन्त्रणमा सहयोग पुुग्ने बताउनु भयो । विगतमा स्थानीय विद्यालयमा चोरी भएको घटना स्मरण गर्दै अवका दिनमा चोरी डकैती र सवारी दुर्घटनाको वास्तविक अवस्था पहिचान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । गैँडाकोट नगरपालिका वडा नं. २ को शिलन्यास चोक विभिन्न हिसावले संवेदनशील मानिन्छ ।

तपाईको प्रतिक्रिया