×

कपीलवस्तु ।  झडुलामाई आध्यात्मिक प्रतिष्ठान बुद्धभूमि न.पा.–४,को आयोजना र बुद्धभूमि नगरपालिका वडा नं.४ समन्वय र नारायण दल गण गोरुसिङ्गेको सहयोगमा सम्मानित सेना द्धारा झडुलामाई आध्यात्मिक प्रतिष्ठान(धार्मिक वन क्षेत्र) तथा मन्दिर वरिपरि आगामी आउने वडादशै चाडपर्वलाई लक्षितगरी सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । श्री झडुलामाई आध्यात्मिक प्रतिष्ठानका अध्यक्ष श्री रोमलाल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि बुद्धभूमि नगरपालिका वडा नं.–४,का वडा अध्यक्ष श्री पवन कुमार थारु रहनु भएको थियो सरसफाई कार्यक्रम सम्पन्न पश्चात प्रतिष्ठानका अध्यक्ष रोमलाल खनालवाट नारायण दल गण निमित्त गणपति श्री गोपिलाल लामा सह–सेनानी मेघबहादुर राई भाट जम ओमबहादुर रजाली साथै ४० जनाको सम्मानित सेनालाई टिका लगाई सम्मान स्वरुप राष्ट्रिय झण्डा वाट सम्मान गर्नुभएको थियो साथै नारायण दल गणका सम्मानित सेनाहरुलाई खादा ओढाई बुद्धभूमि नगरपालिका–४ का वडा अध्यक्ष पवन कुमार थारुले सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा ४० जना सम्मानित सेनाहरुको सहभागिता थियो भन्ने समाजका उच्च पदस्थ व्यक्तित्व समाजसेवी,बुद्धिजीवी समेतको समलग्नता थियो । कार्यक्रमको स्वागत प्रतिष्ठानका उपाध्यक्ष श्री वसन्त प्रसाद भट्टराई कार्यक्रमको सञ्चालन प्रतिष्ठानको सचिव श्री शिवाकुमारी थारुले गर्नु भएको थियो ।


कोभिड १९ को प्रतिकुल परिस्थितिमा सहभागि उपस्थिति हुन नसकेको र आगामी समयमा उल्लेखनिय व्यक्तित्वहरु सहभागि बनाई कार्यक्रम सञ्चालान गर्ने प्रतिष्ठानका अध्यक्ष श्री रोमलाल खनालले बताउनु भएको छ । सो कार्यक्रममा कोषाध्यक्ष श्री वसन्ता भट्टराई,सदस्यहरु रुपा पाण्डे,जानकी पाध्या,संस्थापक सदस्य गोपाल सापकोटा,मन्दिर पुजारी कुल बहादुर खड्का लगायत अधिकांश समाजसेवी बुद्धिजीवीको समलग्नता रहेको थियो ।

तपाईको प्रतिक्रिया