×

कावासोती । पूर्वी नवलपरासीमा एक लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडे पक्राउ परेको छन ।जिल्लाको मध्यविन्दु नगरपालिका स्थित कोल्हुवाबाट गएराति प्रहरीले १ लाख ५८ हजार रुपैयाँ सहित ४ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मोहनबहादुर खाँणले बताउनु भयो ।

मध्यविन्दु नगरपालिका ३ को इभान कटेजबाट प्रहरीले मध्यविन्दु ४ का ३८ बर्षीय भर्वजङ्ग चौधरी, २८ बर्षीय विवेक थनेत, ३३ बर्षीय हेमन्त चौधरी र मध्यविन्दु ३ निवासी ३४ बर्षीय अरुण भण्डारीलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । पक्राउ परेकालाई जुवा तास ऐन अनुसार कारवाही चलाउने प्रहरीले तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया