
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं.९ ले वडा भित्रका बालवालिकाहरुलाई लक्षित गरी खेलकुद सामाग्री वितरण गरेको छ । थुुम्सीमा आज आयोजित एक कार्यक्रमका विच खेलकुद सामाग्री वितरण गरिएको हो । गैँडाकोट नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा व्याडमिन्टन, टेवलटेनीस, फुटवल लगाएतका खेलकुद सामाग्री वितरण गरिएको थियो ।
बालबालिका भविष्यका आधारस्तम्भ भएको बताँउदै वडा अध्यक्ष सापकोटाले उनिहरुलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि वालबालिका लक्षित कार्यक्रम मार्फत रु २५ हजार बराबरका खेलकुद समाग्री वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु धामनाथ सापकोटा, शिवलाल कुमाल, भवानी बर्तौला बाँधखोला टोल सुधार समितिका अध्यक्ष उत्तम बगवाल, थुुम्सी बजार टोल सुधार समितिका अध्यक्ष कल्पना देवकोटा, जैनीटार टोल सुुधार समितिका अध्यक्ष वेद प्रसाद चालिसे, जयश्री टोल सुधार समितिका सचिव दिपा सापकोटा, बालक्लव वडा सञ्जालका अध्यक्ष कृसला सापकोटा र वडाका ४ वटा टोलमा रहेका बालक्लव का प्रमुख एवंम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा टोल सुधार समितिको तर्फबाट वेदप्रसाद चालिसे र बालक्लव वडा सञ्जालका अध्यक्ष कृसला सापकोटाले मन्तव्य राख्नु भएको थियो ।