काठमाण्डौ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले विभिन्न आयोगहरुमा प्रमुख एवंम् पदाधिकारी नियुक्त गर्न सरकारलाई निर्देशन दिएको छ । नेपालको संविधानको भाग २७ मा रहेका अन्य आयोग अन्र्तगत ७ वटा आयोगहरुमा संविधान जारी भएको लामो समय वितिसक्दा समेत प्रमुख एवं पदाधिकारी नियुक्त नभएको भन्दै चिन्ता ब्यक्त गरेको छ ।
समितिका सभापति दिलकुमारी रावल ‍(पार्वती ) को अध्यक्षतामा बसेको समितिको बैठकले संविधानको भावना र मर्म अनुसार अयोगहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै तत्काल रिक्त स्थानमा नियुक्तिको प्रवन्ध मिलाउन सरकारलाई आग्रह गरेको हो ।
बैठकले अयोगलाई आवश्यक पर्ने भौतिक पूर्वाधारयुक्त भवन नभएकोले कार्यसम्पादन गर्न समस्या भएको भन्दै काम गर्न सहज हुने उपयुक्त कार्यालयको व्यवस्था गर्न समेत माग गरेको समितिका सभापति दिलकुमारी रावल (पार्वती )ले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले आयोगको उदेश्य अनुुसार काम गर्नको लागी पर्याप्त जनशक्ती नभएको हुँदा आयोगले माग गरे वमोजिम दरवन्दी अनुसारको कर्मचारीको व्यवस्था मिलाउन आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया