गैँडाकोट । कोरोना भाईरसका कारण लामो समयदेखि बन्द रहेका पूर्वि नवलपरासीका केहि सरकारी विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन ।
जिल्लाको गैँडाकोट नगरपालिका अन्र्तगत रहेका विभिन्न ५ वटा सरकारी विद्यालयहरु सञ्चालनमा आएका छन । उज्यालोलाई प्राप्त खबर अनुसार गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेका जनजागृती आधारभुत विद्यालय, जनता आधारभुत विद्यालय र वडा नं. १८ मा रहेका विरेन्द्र आधारभुत विद्यालय,मंगलादेवी आधारभुत विद्यालय र त्रिशुली प्रा.वि सञ्चालनमा आएका हुन ।
बजार क्षेत्र भन्दा टाढा रहेका, बाहिरि व्यक्तिहरुको आवागमन नहुने तथा स्थानीय शिक्षक र स्थानीय विद्यार्थी भएकोले जोखिमको सम्भावना नरहेको भन्दै विद्यालयहरु सञ्चालन भएका हुन । नगरभित्र सञ्चालन भएका ती विद्यालयहरुले स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पुरा गरेको वताएका छन ।
विद्यालय सञ्चालनका लागी सबै स्कुुलहरुले व्यवस्थापन समितिको निर्णय समेत गराएका छन । जनता आधारभूूत विद्यालयका प्रधानाध्यापक गोकुल सिलवालले विद्यार्थीहरुको संख्या न्यून भएको र स्वास्थ्य मापदण्ड समेत पुरा गरेर विद्यालय सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार विद्यालय सातामा ४ दिन सञ्चालन गरिएको छ ।
गैँडाकोट नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत मोती प्रसाद रिजालले लामो समयदेखि विद्यालयहरु बन्द रहँदा विद्यार्थीहरुको पठन पाठनमा गम्भिर असर परेको भन्दै विद्यालयको अवस्था, स्वास्थ्यको मापदण्ड लगायतका विषयहरुको अध्ययन गरेर केहि विद्यालयहरुले आशिंक रुपमा पढाई सञ्चालन गरेको जानकारी दिनुभयो ।