
गैँडाकोट । विश्व मुटु दिवशको अवसरमा पूर्वि नवलपरासीको गैँडाकोटमा रहेको लायन्स क्लव अफ मौलाकालिका ग्रीनले धार्मिक पर्यटकीय क्षेत्र नारायणी नदी किनारमा सरसफाई कार्यक्रम आज सम्पन्न गरेको छ ।
स्वस्थ हृदय पाउनका लागी स्वस्थ वातावरण हुन आवश्यक छ भन्ने मुल नाराका साथ नदी किनार क्षेत्रको सरसफाई गरिएको क्लवका अध्यक्ष मिना दाहालले जानकारी दिनुभयो ।
सो अवसरमा गैँडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदी किनारमा रहेको दुुर्गा मन्दिर परिसरमा समेत सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष शान्ति न्यौपाने, प्रथम उपाध्यक्ष दुर्गा सापकोटा लगायतको सहभागिता रहेको अध्यक्ष दाहालले बताउनुभयो ।सामाजिक क्षेत्रमा कृयाशिल लायन्स क्लव अफ मौलाकालिका ग्रीनले यस अघि पनि विभिन्न समयमा रचनात्मक कामहरु सम्पन्न गर्दै आएको छ ।