![](https://www.ujayalokhabar.com/wp-content/uploads/2020/09/death-goth.jpg)
बुटवल । पाल्पाको रिब्दीकोटमा गोठ भत्किँदा एकजनाको मृत्यु भएको छ ।रिब्दीकोट गाउँपालिकाको वडा नंं। ७ डबकामा सोमबार दिउँसो गोठ भत्किँदा गोठ मालिक स्थानीय ५५ वर्षका हरि लम्तरीको घटनास्थलमै मृत्यु भएको हो ।
गोठ भत्किँदा ४८ वर्षका अम्बरबहादुर पेग्नी गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ ।घटनामा एउटा भैंसी, पाडो र बाख्रासमेत च्यापिएर मरेका प्रहरीको भनाइ छ । अबिरल वर्षाका कारण झरीले जमिन गलेर गोठ भत्किएको प्रहरीले अनुमान गरेको छ ।