Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमान्डौ । काभ्रेको तीनधारे झरना अहिले चर्चामा छ । सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । नेपाली चलचित्रकी नायिका तथा मोडल नम्रता सापकोटा पनि तीनधारे झरना पुगिन् । नम्रताले उपलब्ध गराएको तस्वीरमा उनी खुलेकी छिन् ।

 

काठमाण्डौको भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् । लकडाउनमा आफ्नो तौल घटाएकी नम्रता अहिले फेरि केही केजी तौल बढाउने दौडमा छिन् । यसका लागि आफूले डाइटिङ कम गर्न थालेको उनी बताउँछिन् ।नम्रता सामाजिक संजालमा ‘नेपोटिज्म’को बहस चर्काएपछि चर्चामा आएकी थिइन् । उनी, हाल म्यूजिक भिडियोको काममा बढी व्यस्त छिन् ।

तपाईको प्रतिक्रिया