×

गैँडाकोट । नवलपरासी पूर्वको कावासोती नगरपालिका वडा न ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डेले आफ्नै ब्यक्तिगत खर्चमा २०० भन्दा बढि स्थानीयको कोरोना विमा गरिदिनु भएको छ । वडामा रहेका अति विपन्न ,शारीरिक रुपले अशक्त ,दैनिक ज्यालादारी गर्ने २०४ जनाको १ लाख रुपैँया बराबरको कोरोना बिमा गरिदिनु भएको हो। वडाध्यक्षले पाण्डेले सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेद प्रसाद न्यौपाने मार्फत कोरोना बिमा गराएको कावासोती वडा न ६ का वडा सचिब महेन्द्र बस्ताकोटीले जानकारी दिनुुभयो ।
जनप्रतिनिधिमा निर्वाचित भएर आएपछि हालसम्म सरकारी सेवा सुबिधा तथा तलब भत्ता केही पनि नलिएर समाजसेवामा लागेका पाण्डेले सरकारले उदाहरणीय काम गरेको भन्दै स्थानीयले प्रशंसा गरेका छन । राज्यले निरन्तर तलव पाइरहने कर्मचारीको विमा गरिदिएको तर दैनिक ज्यालादारी गरेर घर खर्च चलाउने विपन्न वर्गको बिमागर्ने तर्फ कसैले ध्यान नदिएको पाएपछि आफुुले बिमा गरिदिएको उहाँले बताउनुु भयो ।
आफुुहरु दैनिक ज्यालादारी गरेर खानेगरेको तर अहिलेको अवस्थामा निषेधाज्ञा जारी हुदा आम्दानीको स्रोत कुनै नहुदा वडाध्यक्षले वडाबासिको चिन्ता गरेर आफ्नै खर्चमा कोरोना बिमा गरिदिदा आफुहरु अत्यन्तै हर्षित भएको र आफुहरुले सहि प्रतिनिधि चयन गरेको महसुस भएको स्थानिय विमित धनबहादुर बिकले बताउनुुभयो ।वडाध्यक्ष पाण्डेले आफुले अहिले अति विपन्न तथा अशक्त हरुलाइ छनोट गरि बिमा गरिदिएको र वडामा अन्य कोहि आर्थिक अवस्था कमजोर भएको व्यक्ति भेटिएमा उहाँरुको पनि बिमा गरिदिने प्रतिवद्दता समेत व्यक्त गर्नुभएको छ ।
कोरोना महामारिको यो विषम परिस्थितिमा सम्पूर्णलाई सकेसम्म घर बस्न ,हिडडुल गर्नै परेको खण्डमा मास्कको प्रयोग गर्न ,भौतिक दुरि कायम गरि सुरक्षीत रहन अनुरोध समेत उहाँले गर्नुुभएको छ ।

तपाईको प्रतिक्रिया