
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताउनु भयो ।प्रवक्ता गौतमका अनुसार नेपालमा आजसम्ममा ३६ हजार ४५६ संक्रमित रहेको र संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ।काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाँैमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा कोरोना देखिएको हो ।