×

समाचार

आज भरतपुरका तीन वडामा दिनभर विद्युत अवरुद्ध हुने

आज भरतपुरका तीन वडामा दिनभर विद्युत अवरुद्ध हुने
भरतपुर ।  नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रद्वारा वितरित भरतपुर–२ फिडर आज दिनभर सटडाउन हुने भएको छ । मर्मत सुधारको लागि भन्दै बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म भरतपुर २ फिडर सटडाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ। ८र९ मिटर पोलको स्थानमा ११ मिटरको पोल बदली गरि लाईन मर्मत सुधार गर्नुपर्ने भएकाले फिडर सटडाउन गर्नुपरेको केन्द्रका इन्जिनिर राजेन्द्र पौडेलले बताएका छन् । फिडर सटडाउन हुने भएपछि भरतपुर महानगरपालिकाको वडा नं ८, ९ र १२ मा विद्युत अवरुद्ध हुने उनले बताए ।

बैतडीमा घाँटी रेटेर युवतीको हत्या

बैतडीमा घाँटी रेटेर युवतीको हत्या
धनगढी । बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । उनीसँगैकी अर्की किशोरी घाइते छन् ।बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मंगलबारदेखि बेपत्ता भएकी लुहारको शव भेटिएको र घरबाट उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार ...

बाँके २ बाट राप्रपाका धवल शमशेर जबरा विजयी

बाँके २ बाट राप्रपाका धवल शमशेर जबरा विजयी
बाँके । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५७७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए । नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए ।

मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु
बैतडी ।  बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ । पाटन नगरपालिकाको थुम भन्ने ठाउँमा से १ ज ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार मृतकको संख्या बढ्ने सक्ने आशंका छ । उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरी...

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना

बैतडीको पाटनमा प्रहरी चढेको जीप दुर्घटना
बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिका थुम भन्ने स्थानमा आज बिहान जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो

सिरहामा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गयो
सिरहा । सिरहामा पोखरीमा डुबेर तीन जना भारतीय बालकको ज्यान गएको छ ।मिर्चैया नगरपालिका वडा नम्बर १ मा रहेको जेके इँटा उद्योगमा कार्यरत भारत बिहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षका अली हसन, १० वर्षका नवी हसन र जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षका छोरा नितेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । हिजो बेलुका इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई द...

पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला
काठमाडौँ ।   पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए।अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्। खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले  बताए।प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो।त्यसपछि...

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

प्युठानमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
काठमाडौं–प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए। दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए। दुर्घटनामा १२ जना घाइते ...

हुग्दिखोलामा बस दुर्घटना २० जना घाइते

हुग्दिखोलामा बस दुर्घटना २० जना घाइते
नवलपुर  ।काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली नदिमा खसेको छ। शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए। बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए। दुर्घटना हुँदा चालकसहित २० जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ।