१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ।
उनलाई ...


