×

समाचार

गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिए

गजुरीमा पहिरो जाँदा दुई कन्टेनर पुरिए
धादिङ । पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सय...

भरतपुर कोभिड–१९ प्रयोगशालामा परिक्षण रोकियाे

भरतपुर कोभिड–१९ प्रयोगशालामा परिक्षण रोकियाे
चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौँ पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ । मङ्गलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट ...

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ
विराटनगर : विराटनगरको बाटो हुँदै एक किशोरीलाई भारत पुर्‍याउन लागेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बली दिन भारत लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ। सुनसरीको रामधुनी नगरपालिका-५ की १७ वर्षीया किशोरीलाई नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका-१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजिएको हो। सोमबार साँझ ७ बजेतिर उनलाई साना हातहरु नामक संस्थाको सहयोगमा प्रहरीले सीमा क्षेत्रबाट उद्धार गरेको छ। उनलाई ...

प्रेसजगत संक्रमणकालीन अवस्थामा छः सभामुख सापकोटा

प्रेसजगत संक्रमणकालीन अवस्थामा छः सभामुख सापकोटा
काठमान्डौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् संक्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ । आज प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले समस्या औँल्याउदै गर्दा समाधानका लागि पहलकदमी लिने वचन दिनुभयो । आफू प्रेसका मुद्धामा सकारात्मक रहेको बताउनुभयो । सोही समारोहमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले स्वायत्तताका पक्षमा उभिदाँ र गल्ती कमजोरी औँल्याइदिँदा काउन्सिलमाथि प्रहार भएको बताउनुभयो । उहाँले पटकपटक काउ...

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना पुष्टि
काठमान्डौ । पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ। त्यस्तै सोही अवधिमा जना कोरोनाबाट ८२३ मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मृतक थप २ जनामा कोरोना पुष्टि भएको छ। ...

१० गतेसम्म देशैभरका नदीमा बहाव बढ्ने (सूचना सहित )

१० गतेसम्म देशैभरका नदीमा बहाव बढ्ने (सूचना सहित )
काठमाडौं । आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने भएकाले ११ गतेसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो । हाल उत्तरपूर्व बंगालको...

जानकारी विना लाईन गयो ? सिधै फोन गर्नुस मन्‍त्रीलाई

जानकारी विना लाईन गयो ? सिधै फोन गर्नुस मन्‍त्रीलाई
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै धेरैले फेरि विद्युत कटौती (लोड सेडिङ) हुने आशंका गरिरहेका छन्‌। तर, पूर्व सूचना नै नदिई बिजुली गए अब सिधै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयमा फोन गरी गुनासो राख्न सकिने भएको छ। ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले विद्युत सेवा नियमित नभएको अवस्थामा मन्त्री पुनको सचिवालय या नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न सकिने जानकारी दिएका ...

थप १६ जनाको मृत्यु , सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित

थप १६ जनाको मृत्यु , सोमबार थपिए १ हजार १ सय ५४ कोरोना संक्रमित
काठमान्डौ ।  सोमबार थप १ हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भए...

बामदेव गौतम विरुद्ध सर्वोच्चमा रिट दायर

बामदेव गौतम  विरुद्ध  सर्वोच्चमा रिट दायर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्र्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले गौतमको नियुक्तिले संविधानको उल्लंघन भई संवैधानिक प्रणालीमा गम्भीर...